२५ आश्विन २०८३, आइतबार | October 11, 2026

घटस्थापनामा नेपालगन्जमा धमाधम नयाँ ब्यवसाय



नेपालगन्ज । घटस्थापनाको साईत जुराएर नेपालगन्जमा व्यवसायीहरुले धमाधम आफ्नो नयाँ व्यवसायको प्रारम्भ गरेका छन् । बडा दशैंको पहिलो दिनकारुपमा रहेको घटस्थापनाको अवसर पारेर उद्योगी ब्यवसायीहरुले आफ्नो कारोबारको थालनी गरेका हुन् ।

बालबालिका र महिलाहरुलाई लक्षित गर्दै नेपालगन्जको घरबारी टोलमा आजबाट प्रार्थना ट्रेण्डी टाउनले आफ्नो कारोबार सुरु गरेको छ । बालबालिका र महिलाहरुको बुटिक गुणस्तरको तयारी कपडा टाउनमा उपलब्ध हुने संचालक सुवास बर्माले जानकारी दिए । ट्रेण्डी टाउनको कन्याबाट रिबन काटेर काराबोर प्रारम्भ गरिएको थियो ।

आजै बुक क्याफे संचालन गर्दै आएको कुटुम्ब क्याफेले आजबाट आफ्नो ब्यवसायको बिस्तार गर्दै कुटुम्ब किचन संचालनमा ल्याएको छ । नेपाली रैथाने स्वादका पारखीहरुलाई लक्षित गर्दै कुटुम्ब किचेन सञ्चालनमा ल्याइएको संचालक बिजय भण्डारी (बासु)ले बताए । बुक क्याफेको सफलतापछि त्यसैलाई बिस्तार गर्दै नेपाली खाना, सेकुवा र मःम स्पेशल मेनुमा रहनेगरि ब्यवसाय बिस्तार गएिको भण्डारीले बताए ।

आजैबाट नेपालगन्जमा बेत-बाँसको बिभिन्न उत्पादन गर्ने गरि ग्रीन कर्णाली बहुउद्देश्शीय उद्योग संचालनमा आएको छ । लक्ष्मी भट्टराईसहितको समूहले सो उद्योग संचालनमा ल्याएको हो । उद्योगको आज एक कार्यक्रमबा बीच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिवी ओलीले उदघाटन गरे । बेत-बाँसको परम्परागत कला, स्थानीय सीप र सिर्जनशीलताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योग सुरु भएको संचालकहरुले जनाएका छन् ।

हराउँदै गएको मौलिक कलालाई नयाँ पहिचान दिँदै स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसहित उद्योगले नयाँ पहल थालेको उद्यमी भट्टराईले बताइन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : १६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

घटस्थापनामा नेपालगन्जमा धमाधम नयाँ ब्यवसाय

नेपालगन्ज । घटस्थापनाको साईत जुराएर नेपालगन्जमा व्यवसायीहरुले धमाधम आफ्नो नयाँ

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु