२८ आश्विन २०८३, बुधबार | October 14, 2026

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार



नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुरा खण्डको सडकको मुहार फेरिने भएको छ । ४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा ठेक्का लागेको १ हजार ८०० मिटर सडकलाई ठेकेदार कम्पनीले अलपत्र अवस्थामा कन्तबिजोग बनाएर छाडेको थियो । सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशालयको जिम्मामा पुगेको सो सडकको स्तरउन्नती अन्तिम चरणमा पुगेको छ ।

१६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिव २ मिटरको फुटपाथ सहित स्तर उन्नतीको कार्य अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय, नेपालगन्ज कार्यालयले जनाएको छ । १ हजार ८०० मिटर सडक र त्यसै अन्तर्गत पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम धमाधम भइरहेको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए । ‘खजुरा खण्डको दाँया र बाँया २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा खजुरा खण्ड अलपत्र अवस्थामा रहेको थियो,’ उनले भने, ‘हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर अहिले स्तरउन्नतीको अन्तिम चरणमा पुगेको छ ।’

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जबाट ठेक्का पाएको कुल १८०० मिटर सडकमा अहिले अक्सफाल्ड प्रबिधिबाट कालोपत्रे भएको योजना कार्यालय प्रमुख भण्डारीले बताए । सो सडक निर्माण व्यवसायी मैटहवा-एनएटी-स्टेटलाईट जेभीले ७ करोड १ हजार ६९ रुपैयाँमा ठेक्का पाएको थियो ।

४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बीचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ९ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नती अन्तर्गत सडकको स्तरोन्नती भएसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने भएका छन् ।

सो सडकको २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको कम्पनीको चरम लापरवाहीका बाबजुद सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि योजना सम्पन्न नगर्ने र गरेका काम पनि गुणस्तरहिन भएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । स्थानीयको लगातारको बिरोध र ठेकेदारको लापरवाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।

सडक स्तरोन्नती भएसँगै खजुरा बजारको पहुँच पनि बढेको खजुरा बजारका स्थानीय दिपक ढकालले बताए । उनले पक्की सडकको अभावमा ८ किलोमिटरको दूरीमा रहेको नेपालगन्ज पुग्न १ घण्टा लाग्ने बिगत अव छोँटिएर १०-१५ मिनेटमा सिमित भएको बताए । नन्दनीमिलबाट धम्बोझी चोकसम्मको सडक बिस्तार छिटो हुन सके खजुरा क्षेत्रको चहलपहल अझै बढ्ने उनले बताए ।

हुलाकी राजमार्गको योजना कार्यालयले धम्बोझीदेखि नन्दनी मिलसम्मको ९०० मिटर सडक बिस्तारको पनि ठेक्का खोलिसकेको छ । कुनै अवरोध नभए १ वर्ष भित्र धम्बोझी देखि बर्दियाको सदरमुकाम गुलरियासम्म ४ लेन सडकबाट यात्रा गर्न सकिने योजना प्रमुख भण्डारीले बताए ।

पेडारी नालामा बन्यो नयाँ पुल
सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि सम्पन्न भएको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल निर्माण कार्य करिव सम्पन्न भएको भण्डारीले बताए ।

नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यसैगरी पुलको दुवैतर्फ ५० मिटर एप्रोच सडकपनि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ६० वर्ष पुरानो पेडारी नालामा रहेको पुल जिर्ण भएका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने अवस्था रहेको थियो भने हरेक वर्षको वर्षयाममा पटक पटक बाढीका कारण सडक अवरुद्ध हुने गरेको थियो ।

हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : १६ बजे

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको