२८ आश्विन २०८३, बुधबार | October 14, 2026

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक



काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ ।

यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो ।

यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हँुदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सपे्रस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्न लागि विभागको जोखिम मूल्याङ्कनसम्बन्धी २०८३ जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनाबमोजिम कार्य हुँदै आइरहेको थियो ।

जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति शृङ्खलाको सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन र पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण सम्बन्धित उत्पादकरपैठारीकर्ताले यस विभागमा अविलम्ब पेस गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ४९ बजे

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय

सहकार्य, सहअस्तित्व र समन्वयमा जोड दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य