३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

दशैंका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी दशैं अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिएका छन्। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भइहालेमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेको भएमा तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।

दशैंको समयमा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ । विद्युत् आपूर्तिमा समस्या देखिएमा तत्काल प्राविधिक टोली परिचालन गरी यथाशीघ्र सेवा सुचारु गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।

प्राधिकरणले विद्युत् माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै विद्युत् प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको छ । दशैं अवधिभर विद्युत् आपूर्तिलाई नियमित बनाउन सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालनको व्यवस्था गरिएको छ ।

यसैगरी, चाडपर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ४० बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट