१ कार्तिक २०८३, आइतबार | October 18, 2026

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन



ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ ।

सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो । भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ६ : ३७ बजे

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने