५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गरेका छन् ।

विसं २००२ मा गुल्मीको थोर्गामा जन्मिएका गौतमले विसं २०२३ मा बनारसमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । उनले बाँके र नेपालगञ्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याएका थिए ।

भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएका गौतम बाँके क्षेत्रको कम्युनिष्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित थिए।

पुष्पलालले पार्टी पुनर्गठन गरेपछिको समयदेखि नेकपा (मनमोहन समूह), नेकपा (माक्र्सवादी) हुँदै पार्टी एकीकरणपछि उनी आजीवन एमालेमा आबद्ध रहेका थिए। विसं २०७४ को निर्वाचनमा उनी लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ८ : ०२ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका