९ कार्तिक २०८३, सोमबार | October 26, 2026

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। दसैं बिदाअघि निरन्तर सात कारोबार दिन बढेको नेप्से दसैंपछि भने घटेको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २।१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

१३ मध्ये आज चार उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते चार अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको एक करोड तीन लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको साढे २० करोड र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : १० बजे

कुसुन्तीको आकाशेपुल : ‘युनिक आर्किटेक्चर’, सुरक्षित र सहज यात्राको अपेक्षा (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो