९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै



नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको हो ।

प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबसहित नेपालका विभिन्न स्थानका करिब २०० जना खेलाडी सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ।

नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेका अनुसार प्रतियोगितामा भारतबाट करिब ५० जना र नेपालगन्जलगायत देशका विभिन्न क्षेत्रबाट करिब १५० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

स्वीमिङ खेलको प्रवर्द्धन, खेलाडीको क्षमता विकास तथा नागरिकमा पौडीप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष न्यौपानेले बताए ।

क्लबले स्थापना कालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। यसअघि पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएका थिए।

प्रतियोगितामा ९ वर्षमुनिका बालबालिकादेखि १७ वर्षभन्दा माथिका खेलाडीसम्मले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत मेड्ले विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रत्येक विधामा ५० देखि २०० मिटरसम्मका स्पर्धा समावेश गरिनेछन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई क्लबको समन्वयमा स्वीमिङ प्रशिक्षक चन्द्रमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण गराइरहेका छन्।

प्रतियोगिता सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ६, १२ र १५ तथा जानकी गाउँपालिका वडा नं. ३ लगायतका निकायले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको क्लवका वरिष्ठ उपाध्यक्ष सुर्यमणी अधिकारीले बताए । उनका अनुसार बैंकिङ साझेदारका रूपमा नबिल बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक रहेका छन्। विद्यालय साझेदारमा आदर्श, बागेश्वरी एकेडेमी र शिखा एकेडेमी छन्। स्क्रिन पार्टनरमा उर्मी अर्थ तथा आईटी पार्टनरमा टेन्को फन्ट रहेको आयोजकको प्रेस नोटमा उल्लेख छ।

प्रतियोगितामा सहभागी खेलाडीका लागि खेल अवधिभर नेपालगन्जका चारतारे स्तरका होटलमा निःशुल्क आवास तथा खानाको व्यवस्था गरिएको क्लबले जनाएको छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपालगन्जमा पौडी खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीलाई प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ८ : ४७ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता