काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५१ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरेका थिए । जारी सिजनको पहिलो अर्धशतक प्रहार गरेका मलानलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका थिए ।
मलानको आक्रामक ब्याटिङले चितवनलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको हो । अब विराटनगरले जितका लागि निर्धारित २० ओभरमा १५८ रन बनाउनुपर्नेछ ।

















प्रतिक्रिया