काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो । एक समय जितको नजिक देखिएको विराटनगरले अन्तिम समयमा लगातार विकेट गुमाएपछि खेल चितवनको पक्षमा गएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो । चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाएका थिए । उनले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै जारी सिजनको पहिलो अर्धशतक पूरा गरेका थिए ।
मलानको अर्धशतकको मद्दतमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको चितवनले बलिङमा पनि दबाब कायम राख्दै विराटनगरलाई लक्ष्यसम्म पुग्न दिएन ।
८ रनको रोमाञ्चक जितसँगै चितवनले एनपीएलको तेस्रो सिजनमा सुखद सुरुवात गरेको छ ।

















प्रतिक्रिया