११ कार्तिक २०८३, बुधबार | October 28, 2026

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति



काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् ।

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर)का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उहाँहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनहरुबाट विभागले रु ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको शाखा अधिकृत रेग्मीले बताए ।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु ७४ लाख २७ हजार ७२० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु पाँच करोड ७६ लाख ९९ हजार ६५० राजस्व सङ्कलन गरिएको छ ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन् । यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताउनुभयो ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् रु ३१ करोड ८० लाख ५० हजार रोयल्टी सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ३ : २५ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६