१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

स्पेनमा तीव्र गतिको रेल दुर्घटना, ६८ जनाको मृत्यु, दर्जनौँ घाइते



काठमाडौं । स्पेनको मध्य क्षेत्रमा दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसी र रोयटर्सका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिलतर्फ जाने रेलमार्गमा दुर्घटना भएको हो । म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको सरकारी रेल कम्पनी रेनफेको रेलले लिकमा रोकिएको निजी रेल सञ्चालक इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करका कारण रेलका केही डिब्बा लिकबाट खसेर छेउको ढिस्कोबाट तल पुगेका थिए ।

दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको टोलेडो प्रान्तको मोरा, ओर्गाज र उर्दा क्षेत्रनजिक बिहान करिब ९ बजे भएको थियो । दुर्घटनापछि उद्धारकर्मीले भग्नावशेषमा फसेका यात्रुको खोजी तथा उद्धार गरेका थिए ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार रेलको आवागमन व्यवस्थापन गर्ने कम्प्युटर प्रणालीमा समस्या आएपछि रेलहरू रोकिएका थिए । त्यसपछि नियन्त्रण केन्द्रबाट रेललाई पुनः सञ्चालन गर्न अनुमति दिइएको र रोकिएको रेललाई अर्को रेलले ठक्कर दिएको प्रारम्भिक विवरण छ । दुर्घटनामा प्राविधिक समस्या र मानवीय त्रुटिको भूमिका रहेको हुन सक्ने बताइए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ ।

इरियो कम्पनीका अनुसार उसको रेलमा १४७ जना यात्रु सवार थिए । रेनफेद्वारा सञ्चालित अर्को रेलमा ३९७ जना यात्रु रहेको जनाइएको छ । दुवै रेलमा गरी पाँच सयभन्दा बढी यात्रु सवार रहेको विवरण सार्वजनिक भएको छ ।

दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले ठक्करपछि आफूहरू हावामा उछिट्टिएको, रेलका डिब्बामा फसेको र बाहिर निस्कन झ्यालका सिसा फुटाउनुपरेको बताएका छन् । उद्धारकर्मीले घटनास्थलमा घाइतेलाई अस्पताल पुर्‍याउनुका साथै भग्नावशेषमा थप पीडितको खोजी गरेका थिए ।

यो दुर्घटना स्पेनमा सन् २०१३ मा भएको सान्टियागो दे कम्पोस्टेला रेल दुर्घटनापछिको सबैभन्दा घातक रेल दुर्घटनामध्ये एक बनेको छ । सन् २०१३ को दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो । यस वर्ष जनवरीमा पनि स्पेनको दक्षिणी क्षेत्रमा भएको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ७ : २३ बजे

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको

सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी । ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका