१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बिहीबारको ८१औँ महासभा बैठकले उक्त निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ ।

नेपालले यस अवधिमा उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासभाबाट प्राप्त अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ११ : ४५ बजे

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग

न्यायपालिकाको जनविश्वासमा गम्भीर संकट आयो : सर्वोच्च बार; संवैधानिक इजलासमा गोलाप्रथा गर्न माग

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो समय सर्वोच्च अदालतका

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित