१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल



काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तरराष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यहाँ आयोजित साधारणसभामा नेपालका थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।

नेपालले छुट्टै हिमालका रूपमा अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन् । नेपालका यी हिमालले अन्तरराष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुने बताइएको छ ।

उक्त कार्यले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारणसभा आयोजना गरेको थियो । बिहीबार र आज यहाँ आयोजित महासङ्घको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासङ्घका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १० : ०३ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा