१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर



नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको अम्बे स्टिल कम्पनीमा पुनः आगलागी भएको छ । आज बिहान कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ८ जना कामदार घाइते भएका हुन् ।

आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमता) मा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गत कार्तिक ५ गते पनि सोही कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी भएको थियो ।

मध्यराती १ः३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको थियो ।

आजको आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना कामदार रहेका छन्। घाइतेहरुमा जानकी गाउँपालिका–५ का २८ वर्षिय शिवप्रसाद चमार, सोही स्थानका २२ वर्षिय रामदिन हरिजन, २४ वर्षिय प्रेम धोबी, २९ वर्षिय दिलीपकुमार यादव, ३५ वर्षिय लक्ष्मीराम यादव रहेका छन् । त्यसैगरि भारत, जिल्ला बहराइच, कठौतिया बस्ने २९ वर्षिय राजकुमार निषाद , सोही स्थानका २४ वर्षिय नशिव कुमार निषाद र २५ वर्षिय विनोद कुमार निषाद पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवप्रसाद र रामदिनको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर के।सी।को कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ०८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

बिहान ८ः४५ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १२ : ३२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको