१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल




नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको

चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए ।

उनका अनुसार यो राजस्व सङ्कलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि रु एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा रु दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा रु दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ८९ करोड चारस लाख सात हजार सङ्कलन भएको छ ।

साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत आव २०८२/८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व सङकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आव २०८३/८४ मा थप रु डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२/८३ मा रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् रु २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

गत आवमा रु २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३/८४ मा रु २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा रु छ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा रु एक अर्ब ६५ करोड बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  २ : ०४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको