काठमाडौं । पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्डमा आज मंगलबार पनि सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।
प्रशासनका अनुसार मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द हुनेछ ।
यसअघि सोही कामका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो । सोमबार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आज पुनः सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया