१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ। मौज्दात रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई असर्फी तथा मेडालियन उपलब्ध गराइने महाशाखाले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न सक्नेछन्। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेशको चित्र अंकित चाँदीका मेडालियन पनि खरिद गर्न पाइनेछ। एक व्यक्तिले बढीमा दुई थानसम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

असर्फी तथा मेडालियनको मूल्य खरिद गर्ने दिनको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। राष्ट्र बैंकले दैनिक बिहान करिब ११ बजे मूल्य निर्धारण गरेपछि मात्रै बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ।

खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।

खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

तिहारमा लक्ष्मीपूजा तथा धनतेरसका अवसरमा सुनचाँदीका सिक्का र मेडालियन किन्ने परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष यस्ता धातुका सिक्का तथा मेडालियन बिक्री गर्दै आएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ११ : ५३ बजे

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली

चुनावी हार स्वीकार्न तयार ट्रम्प, कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको सफलता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन

बुटवलमा मंसिर ११ देखि पाँचदिने खाना महोत्सव हुने

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन