काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित र एक बराबरी गरेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आज चौथो जितको खोजीमा हुनेछ ।
यता, जनकपुरले चार खेलमा दुई जित र दुई हार बेहोर्दै चार अंक जोडेको छ । जनकपुर तालिकाको चौथो स्थानमा छ । समान चार अंक भएका कर्णाली याक्स र विराटनगर किंग्स रनरेटका आधारमा जनकपुरभन्दा अगाडि छन् । पाँचौँ खेल खेल्न लागेको जनकपुर आज तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्स भिड्नेछन् । दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोरेको छ । दोस्रो जितको खोजीमा रहेको काठमाडौंलाई आजको खेलमा जित निकाल्ने चुनौती छ ।
दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौंका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले चार खेलमा दुई जित निकाल्दै चार अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आज पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
















प्रतिक्रिया