२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

आजको मौसम : हिमाली क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ ।

त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ५५ बजे

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही