२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

दानबहादुर कार्कीको रिट दर्ताबारे आज टुंगो लाग्ने



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट निवेदन दर्ता गर्ने वा नगर्नेबारे आज टुंगो लाग्ने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डाक्टर मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै बिहीबार दर्ता नगरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोज केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुने सम्भावना छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ८ : २५ बजे

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही