२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव



बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ आयोजना हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका-८, सुख्खानगरस्थित शुक्रपथमा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।

आज कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सव अपराह्न ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल रहने संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी दिए ।

महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् ।

संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । प्रचारप्रसार समिति संयोजक गणेश भट्टराईका अनुसार पहिलो दिन उद्घाटनपछि स्थानीय ब्यान्डको प्रस्तुति रहनेछ । दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ ।

स्थानीय कला, संस्कृति र खानाका विविध स्वादलाई एउटै स्थलमा प्रस्तुत गर्ने महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवललाई चलायमान र उत्सवमय बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ९ : ५३ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि