२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनामा प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ ।

प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षा दसौँ तहदेखि पाँचौँ तहसम्मका प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दसौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ प्रबन्धक एक जना, आठौँ तहअन्तर्गत प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, आठौँ तहअन्तर्गत वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना र आठौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जना माग गरेको छ।

यसैगरी, प्राधिकरणले सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदमा पनि दरखास्त आह्वान गरेको छ।

प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायतका पदमा समेत कर्मचारी माग गरिएको प्राधिरकणले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ८ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  २ : ११ बजे

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध