बुटवल । थारू गीत-संगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति थपिएको छ । गायक विजय चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा सजिएको थारू गीत ‘ख्याल ख्यालमे’ सार्वजनिक भएको छ ।
मुकु सुवेदीको प्रस्तुति रहेको गीतको आधिकारिक म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । समीक्षा चौधरीको शब्द तथा संगीत रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन् । चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत अकुस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा थारू समुदायको सांस्कृतिक पहिचान, परम्परागत पहिरन, नृत्य तथा सांस्कृतिक प्रस्तुतिलाई समेटिएको छ । भिडियोमा मुकु सुवेदी र भोजपुरी अभिनेत्री सबिना चौधरी मुख्य भूमिकामा देखिएका छन् ।
भिडियोको अवधारणा, निर्देशन तथा कोरियोग्राफी मनोज चौधरीले गरेका हुन् । प्रलाद चौधरीको छायांकन रहेको भिडियो क्रेजल चौधरीले सम्पादन गरेका छन् । त्यस्तै, शरद सिंहले कलरिङ र सञ्जिना चौधरीले मेकअपको जिम्मेवारी सम्हालेकी छन् ।
भिडियोमा थारू सांस्कृतिक प्रस्तुति टोलीका मणि प्रसाद थारू, लल्लु प्रसाद थारूलगायत कलाकारको समेत सहभागिता रहेको छ । भिडियोको पोस्ट प्रोडक्सन शुभ इभेन्ट्सले गरेको हो ।
थारू समुदायको सांस्कृतिक परिवेश र पहिचानलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको ‘ख्याल ख्यालमे’ले थारू गीत-संगीतका पारखी दर्शक तथा स्रोतामाझ आफ्नो स्थान बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

















प्रतिक्रिया