२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज



कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो । यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो ।

पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउँछन । पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ ।

“पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपथ्र्यो । अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ । गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, चालक गुरुङले भने ।

मध्यपहाडी लोकमार्गको कास्की खण्डमा रु २१ करोड ५९ लाख ७८ हजार लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल ९ मध्यपहाडी० राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका-२५ स्थित याम्दी खोलामा दुई वटा र अत्रपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक-एक वटा नयाँ पुल निर्माण गरिएको हो । दुवै पुलको लम्बाइ ५२-५२ मिटर रहेको छ । त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।

तीन वटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पत्र गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभित्र जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा तीन वटा पुल निर्माण सम्पत्र भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : १८ बजे

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

धनुषा । तराई-मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा

नेपाल संवत् र म्हः पूजाले मौलिक पहिचान जोगाउँछन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना),

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीलाई जितको दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर