गोरखा । गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिकैको बगर क्षेत्रमा पहिरो खसेको हो ।
पहिरोका कारण मानवीय तथा भौतिक क्षति नभएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिए । घटनाबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगिसकेको उनले बताए ।
पहिरो खस्दा ठूलो परिमाणमा ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगेको छ । तर, पहिरोका कारण नदी थुनिने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
पहिरो गएको क्षेत्रमा थप जोखिमको अवस्था रहे-नरहेकोबारे प्रहरीले अनुगमन गरिरहेको छ ।
















प्रतिक्रिया