२८ कार्तिक २०८३, शनिबार | November 14, 2026

ट्रम्प, पुटिन र सी बीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने



वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले शुक्रबार यसबारे जानकारी गराएको हो ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार तीनै नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसको प्रवक्ता ओलिभिया वेल्सले बताएका छन् ।

उक्त भेटवार्तामा राष्ट्रपति ट्रम्पले विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् । यसका साथै इरानसँग जारी युद्धबारे पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि, रुस र युक्रेनबीच जारी युद्धको विषय भने उक्त बैठकमा समावेश हुने सम्भावना नरहेको बताइएको छ ।

अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच छुट्टै कूटनीतिक वार्ता भइरहेको छ । त्यसैले उक्त विषयमा चीनसँग त्रिपक्षीय छलफल गर्नु उपयुक्त नहुने अमेरिकी पक्षको भनाइ छ ।

यस भेटवार्तालाई सन् १९४५ मा भएको याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ । उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सेन्जेनमा हुने बैठकले विश्वका शक्तिशाली राष्ट्रबीच प्रभाव क्षेत्र बाँडफाँट गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यकारी दिवाभोज गर्ने कार्यक्रमसमेत रहेको छ । तर, रुसी राष्ट्रपति पुटिनसँग छुट्टै भेटवार्ताको कार्यक्रम भने तय भएको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : ४२ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले