२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै



महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ।

भगवान् सूर्य र सूर्यपत्नी षष्ठी अर्थात् छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ। मिथिलामा यस विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ।

अर्घ्यका लागि घरघरमा ठेकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन्।

साँझको अर्घ्य दिएपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ। भोलिपल्ट सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालु जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा बसेर सूर्य उदाउने प्रतीक्षा गर्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने पर्व सम्पन्न हुन्छ। मिथिलामा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोगव्याधिबाट मुक्ति पाइने जनविश्वास छ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : १५ बजे

Your email address will not be published.

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण