२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

चीन भ्रमणमा निस्कियो रास्वपाको २० सदस्यीय टोली



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

भ्रमण दलमा रास्वपाका सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  १२ : १० बजे

Your email address will not be published.

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र

रास्वपा प्रवक्ता खरेल भन्छन् – प्रधानमन्त्रीका कदममा पार्टीको पूर्ण समर्थन छ

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं

तिहारको अवधिमा सुनको भाउ तोलामा १४ हजार बढीले घट्यो, चाँदी पनि ओरालोमा

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा

चीन भ्रमणमा निस्कियो रास्वपाको २० सदस्यीय टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

अन्ताल्या । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले