२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

बाख्रापालनले फेरियो डम्बरको जीवन



नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गर्नुभएका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बनेका छन् ।

उनले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन् । बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आएका छन् ।

वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आएका उनले यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने योजनामा रहेका उनका अनुसार खसी बिक्री गर्न बजारको समस्या छैन । सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकम उपलब्ध गराउने भएकाले कारोबार सहज भएको छ ।

वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि बाख्रापालनमा लागेका बुढाक्षेत्रीले पारिवारिक समस्याका कारण बीचमा यो व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताएका थिए । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत गएका उनी फर्किएपछि पुनः पशुपालनमा सक्रिय भए। पहिले आठवटा भैँसी पनि पालेका उनले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए । पशुपालनबाटै ऋण चुक्ता गर्न सफल भएको उनले बताए ।

“म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” उनले भने ।

आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिँदै उनले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताए । बाख्रापालनलाई नै आफ्नो भविष्यको आधार बनाएका उनले स्थानीय जातका बाख्राको सङ्ख्या बढाउने योजना बनाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  २ : ११ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले