२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

काठमाडौंबाट रारा जाँदै गरेको जिप दुर्घटनामा तीन जनाको मृत्यु



मुगु । मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये काठमाडौंको कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी जिप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : ५३ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

सप्तरी । छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुले अस्ताउँदो

काठमाडौंबाट रारा जाँदै गरेको जिप दुर्घटनामा तीन जनाको मृत्यु

मुगु । मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,