२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरूको जिम्मेवारी निर्धारण गरेका छन्। यसअघि विभिन्न विषयगत विज्ञका रूपमा नियुक्त गरिएकाहरूलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले सचिवालयमा विज्ञका रूपमा नियुक्त व्यक्तिहरूको पदनाम परिवर्तन गर्दै उनीहरूलाई विषयगत समन्वयको जिम्मेवारी दिएका हुन्। मन्त्रालयहरूमा हुने छलफलका क्रममा उनीहरूको विज्ञता र कार्यक्षमतामाथि प्रश्न उठ्न थालेपछि यस्तो व्यवस्था गरिएको बताइएको छ।

प्रधानमन्त्रीका स्वकीय सहसचिव (विकास परियोजना)को जिम्मेवारीमा रहेका इन्जिनियर सञ्जीव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक तोकिएको छ। त्यस्तै, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ। यससँगै उनको अनुसन्धान विज्ञको पदनाम हटाइएको छ।

सामाजिक विकास विज्ञका रूपमा कार्यरत विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि कार्यक्रम तथा भ्रमण संयोजक रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ। त्यस्तै, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक बनेका छन्। पाँचै जना संयोजकलाई राजपत्राङ्कित प्रथम श्रेणीसरहको भूमिका दिइएको छ।

यसैगरी, यसअघि स्वकीय उपसचिव तथा सहायक विज्ञका रूपमा नियुक्त भएकाहरूलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ। प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजक, सुसन गौतमलाई नागरिक उड्डयन समन्वय उपसंयोजक, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय उपसंयोजक, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी दिइएको छ। उनीहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणीसरहको भूमिका तोकिएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयमा मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विषयगत सल्लाहकारहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।

कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन्। असीम शाह राजनीतिक सल्लाहकार र प्राडा जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार (अवैतनिक)का रूपमा कार्यरत छन्। उनीहरू तीनै जनालाई मन्त्रीसरहको पदीय भूमिका दिइएको छ।

त्यस्तै, सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रूपमा कार्यरत छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको भूमिका तोकिएको छ।

प्रधानमन्त्रीका स्वकीय सचिव सुवास शर्मा राजपत्राङ्कित विशिष्ट श्रेणीसरह र नवीन भण्डारी राजपत्राङ्कित प्रथम श्रेणीसरहको भूमिकामा कार्यरत छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार विज्ञका रूपमा नियुक्त भएकाहरूको विज्ञतामाथि प्रश्न उठ्न थालेपछि उनीहरूको पदनाम र भूमिका परिवर्तन गरिएको हो। स्रोतले उनीहरूको काममा खासै परिवर्तन नभए पनि पदअनुसारको जिम्मेवारी स्पष्ट पार्न यस्तो व्यवस्था गरिएको जनाएको छ।

यसरी प्रधानमन्त्रीको निजी सचिवालयमा सल्लाहकार, संयोजक र उपसंयोजक गरी विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरिएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : ०१ बजे

Your email address will not be published.

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

सप्तरी । छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुले अस्ताउँदो

काठमाडौंबाट रारा जाँदै गरेको जिप दुर्घटनामा तीन जनाको मृत्यु

मुगु । मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण