काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुई देशबीच रहँदै आएको ऐतिहासिक, मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
भेटले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा पारस्परिक सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा दुवै पक्षको प्रतिबद्धता प्रतिबिम्बित गरेको जनाइएको छ ।
















प्रतिक्रिया