१ मंसिर २०८३, मंगलबार | November 17, 2026

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान



काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन्।

यस वर्ष सरकारले प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्व योगदान र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ।

गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। उक्त घटनाबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको थियो। तर, ठूलो क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारीको रोजगारी कटौती नगरी पुनः लगानी गरेर आफ्ना अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ।

त्यस्तै, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् भने संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।

सरकारले यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएकोमा यस वर्ष विधा थप गरी १९ पुर्‍याएको हो। मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ को स्मरणमा सरकारले २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। कर दिवसका अवसरमा राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउने करदातालाई प्रोत्साहनस्वरूप सम्मान गर्ने परम्परा छ।

यी हुन् १९ विधाका उत्कृष्ट करदाता

सरकारले यस वर्ष विभिन्न क्षेत्र र कारोबारका आधारमा छनोट गरेका उत्कृष्ट करदाताहरूको सूची यसप्रकार छ :

१. निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सूर्य नेपाल प्रालि।

२. एकलौटी फर्महरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: थर्ड आई इन्टरनेशनल।

३. वस्तु निर्यातको कारोबार गर्नेहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: डाबर नेपाल प्रालि।

४. सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्नेहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल।

५. कृषि एवं पशुपन्छीजन्य उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: ओसीबी फुड्स एन्ड फिड्स प्रालि।

६. बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने: नबिल बैंक लिमिटेड।

७. स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड।

८. पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सोल्टी होटल लिमिटेड।

९. वस्तु व्यापारतर्फ आव २०८१/८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने: सीजी इम्पेक्स प्रालि।

१०. वार्षिक कारोबार रकम ५० करोडदेखि १०० करोड रुपैयाँसम्म भएका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि।

११. ऊर्जामूलक उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: भोटेकोशी पावर कम्पनी प्रालि।

१२. रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: आईएमई लिमिटेड।

१३. व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने: राजबहादुर शाह।

१४. आव २०७७/७८ देखि २०८२/८३ सम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला गर्ने करदातामध्ये उत्कृष्ट: हिमालयन डिस्टिलरी लिमिटेड।

१५. वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म भएका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड।

१६. विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: वरुण बेभरेज नेपाल प्रालि।

१७. जीवन बीमा क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड।

१८. निर्जीवन बीमा क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड।

१९. लघुवित्त क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ११ : २१ बजे

Your email address will not be published.

नेपाल–चीन सम्बन्ध : कूटनीतिबाट समृद्धितर्फको आयाम

बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

गुल्मी । हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको

कोप-३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन

अन्ताल्या । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका