२ मंसिर २०८३, बुधबार | November 18, 2026

साइबेरियामा रुसको सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु



काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा रुसी सेनाको सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ ९ब्ल(ज्ञद्द० विमान मंगलबार यागुनोभो गाउँनजिकैको सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

रुसी सञ्चारमाध्यम इजवेस्टियाका अनुसार उडिरहेको विमान एक्कासि जमिनमा खसेर आगलागी भएको थियो। दुर्घटनालगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो। स्थानीय गभर्नर इल्या सेरेदियुकले विमान दुर्घटनापछि लागेको आगो तत्काल नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ।

रुसी सरकारी समाचार संस्था आरआईएका अनुसार रक्षा मन्त्रालयले प्रारम्भिक अध्ययनका क्रममा विमानमा प्राविधिक खराबी देखिएको जनाएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन। घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

प्राप्त विवरणअनुसार दुर्घटनाग्रस्त एएन–१२ विमान सैन्य कर्मचारी, हतियार, गोला बारुद तथा अन्य आवश्यक सैन्य सामग्री ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ९ : ४९ बजे

Your email address will not be published.

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले

साइबेरियामा रुसको सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा रुसी सेनाको सैन्य

कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को अध्यक्षताले

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या

एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ