२ मंसिर २०८३, बुधबार | November 18, 2026

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक




काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ । ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् । त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ४ : १९ बजे

Your email address will not be published.

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप)को जिल्ला

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारी निर्णय बदर

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग