४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

धादिङको रुबीभ्यालीमा सडक दुर्घटना; एकको मृत्यु, नौ जना घाइते



धादिङ । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित र अन्य तीन जनालाई धादिङ अस्पताल पठाइएको छ ।

सवारी चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय एक बालक आमोश तामाङको अवस्था गम्भीर रहेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ११ : ४२ बजे

Your email address will not be published.

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पा । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु

प्रधानमन्त्रीको भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको

धादिङको रुबीभ्यालीमा सडक दुर्घटना; एकको मृत्यु, नौ जना घाइते

धादिङ । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई

सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको