६ मंसिर २०८३, आइतबार | November 22, 2026

एसिया कप राइजिङ स्टार्स : नेपालले आज यूएईसँग खेल्दै



काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग फराकिलो हार बेहोरेको थियो । भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।

नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन् । यस समूहअन्तर्गत भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीचको खेल पनि आजै हुँदैछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल आज यूएईलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : ५५ बजे

Your email address will not be published.

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल

एसिया कप राइजिङ स्टार्स : नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो