६ मंसिर २०८३, आइतबार | November 22, 2026

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि भारत जाने सूचीमा श्रेष्ठको पनि नाम समावेश थियो । सोहीअनुसार व्यवस्था गरिएको थियो । परराष्ट्र मन्त्रालयले ऊर्जामन्त्री श्रेष्ठसँग सबै विवरण संकलन पनि गरेको थियो । तर एकाएक प्रधानमन्त्रीसँग दुईजना मात्रै मन्त्री जाने भन्दै उनको नाम हटाइयो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्री बालेनको भारत भ्रमण स्वीकृत गर्दै उनी स्वदेश नफर्केसम्म चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

श्रेष्ठ २५ घन्टका लागि कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : ४४ बजे

Your email address will not be published.

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल