६ मंसिर २०८३, आइतबार | November 22, 2026

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णले उनलाई शपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुख कर्णले शनिबार प्रदेशसभामा ठुलो दल जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनले गत २८ कात्तिकमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । तर, समयसीमा शुक्रबार अपराह्न ४ बजेसम्म पनि दाबी नपरेपछि कर्णले शनिबार जसपा दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरे ।

अब यादवले एक महिनाभित्र संसद्मा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । बहुमत सिद्ध नगरे संसद् विघटन हुनेछ । त्यसकै फाइदा लिन जसपाले अघिल्लो कांग्रेस सरकारलाई ढालेको हो । एमाले र नेकपाले जसपालाई समर्थन गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : ३८ बजे

Your email address will not be published.

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल