६ मंसिर २०८३, आइतबार | November 22, 2026

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट



नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिए ।

यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत रहेका छन् ।

प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ९ : १५ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने