८ मंसिर २०८३, मंगलबार | November 24, 2026

मेलामा झडप हुँदा एकाबिहानै बाँकेमा गोली चल्यो



नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा एकाबिहानै गोली चलेको छ । राती लाग्ने मेलामा झडप भएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको हो ।

चिसापानी बजारमा लागेको रात्रिकालिन मेलामा दुई पक्षबीचको झडप भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

जागरण युवा क्लब चिसापानीको आयोजनामा चिसापानीमा लागेको रात्रिकालिन मेलामा दुई युवा समुहबीच मध्याराति झडप भएको थियो । मेलामा राति मदिरा सेवन गरेर आएका दुई युवा समुहबीच झडप भएको प्रहरी उपरीक्षक जिसीले बताए ।

झडपमा संलग्नहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र एकजाना सईसहित चार प्रहरी घाइते भएको उनले बताए । झडपमा संलग्न मध्य एकजना घाइते भएको र १ जना प्रहरी नियन्त्रणमा रहेको एसपी जिसीले जानकारी दिए । झडपबाट हुनसक्ने मानवीय क्षति हुन सक्ने देखिएपछि स्थिती नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १२ : १३ बजे

Your email address will not be published.

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु

मेलामा झडप हुँदा एकाबिहानै बाँकेमा गोली चल्यो

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा एकाबिहानै गोली चलेको छ

विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित

सुनकोसी-मरिणको ठेक्का रद्दका कागजात ७ दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको

सुनको प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य