८ मंसिर २०८३, मंगलबार | November 24, 2026

डिसेम्बर १६ मा स्वदेश फर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा



काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा भारतबाट आफ्नो देश फर्कने बताएकी छिन्। यो दिन बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ। पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यस दिन देशले स्वतन्त्रता प्राप्त गरेको थियो।

एसोसिएटेड प्रेस (एपी)का अनुसार मंगलबार आफ्नो फिर्ती मिति घोषणा गर्दै, हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय एयरलाइन्समार्फत आफ्नो फिर्तीको व्यवस्था गर्न अपील गरेकी छिन्।

हसिनाका प्रवक्ता, सैयद मोजामेल अलीले विज्ञप्तिमा भनेका छन्, ‘शेख हसिनालाई ५ अगस्ट २०२४ मा बंगलादेशको उडानमा भारत ल्याइएको थियो। अब उनी दिल्लीबाट ढाकाको हवाई यात्राको व्यवस्था गर्न सरकारलाई अपील गर्छिन्।’

हसिनाका सहयोगी, अबु ओबैदा अरिनले भने, ‘यो धेरै महत्त्वपूर्ण छ कि उनले डिसेम्बर १६, विजय दिवसलाई बंगलादेश फर्कन रोजेकी छिन्।’ हसिना ५ अगस्ट २०२४ मा भारत निर्वासित भएकी थिइन् । त्यतिबेला, सयौं प्रदर्शनकारीहरूको मृत्यु भएको विद्यार्थी आन्दोलनका कारण उनी १५ वर्षे शासन त्याग्न बाध्य भइन्।

मानवताविरुद्धको अपराधका लागि हसिनालाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले यो फैसला स्वीकार गर्न अस्वीकार गरेकी छिन्। उनी बंगलादेश फर्किएपछि मुद्दाको आफ्नो पक्ष प्रस्तुत गर्ने बताउँछिन्।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : २४ बजे

Your email address will not be published.

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको

डिसेम्बर १६ मा स्वदेश फर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा

काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा भारतबाट आफ्नो

प्रधानमन्त्री शाहको ‘देश बनाउने टोली’पछि ‘देश उभो लाउने टोली’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश बनाउने टोलीपछि देश उभो

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु