८ मंसिर २०८३, मंगलबार | November 24, 2026

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी



काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनि छोइङ डोल्माको नियुक्तिको कानुनी वैधता परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

अभियानले नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रिया मिचेर नियुक्ति गरिएको भन्दै यसअघि पनि प्रश्न उठाउँदै आएको थियो ।

नियुक्तिविरुद्ध पटक–पटक खबरदारी गरिए पनि आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालेकी थिइन् ।

अभियानका संयोजक अजय सोडारीका अनुसार नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दर्ता गरिएको हो ।

रिट निवेदनमा नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गरिएको छ ।

उक्त रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ३३ बजे

Your email address will not be published.

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको

डिसेम्बर १६ मा स्वदेश फर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा

काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा भारतबाट आफ्नो

प्रधानमन्त्री शाहको ‘देश बनाउने टोली’पछि ‘देश उभो लाउने टोली’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश बनाउने टोलीपछि देश उभो

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु