९ मंसिर २०८३, बुधबार | November 25, 2026

निर्वाचन आयोगद्वारा कांग्रेस महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति अद्यावधिक



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति तथा अद्यावधिक विधानको अभिलेख अद्यावधिक गरेको छ।

आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्।

प्रवक्ता भट्टराईका अनुसार आयोगले विवरण अद्यावधिक गरी सम्बन्धित पक्षलाई पत्रसमेत पठाएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले गरेको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिँदै अभिलेख अद्यावधिक गरेको हो।

यसअघि निर्वाचन आयोगले विवरण अद्यावधिक गर्न ढिलाइ गर्दा विभिन्न कोणबाट प्रश्न उठेका थिए।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरूले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै कार्यतालिकासहितको पत्र आयोगमा बुझाएको थियो। तर, आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ।

यद्यपि, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दा अझै विचाराधीन छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : २० बजे

Your email address will not be published.

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी

नेप्से ८.७० अंकले बढ्दा ६ अर्ब १५ करोडको कारोबार

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली

निर्वाचन आयोगद्वारा कांग्रेस महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएको

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : पौडी प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी

‘पत्रकारहरुलाई सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकारले बसे धर्ना

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै