९ मंसिर २०८३, बुधबार | November 25, 2026

सर्वोच्चद्वारा आनीलाई लुम्बिनी विकास कोषमा नियुक्त गर्नुको जवाफ माग



काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्नुको कारण सरकारसँग माग गरेको छ ।

आनीको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै बुधबार अदालतले निर्णय कानुनी रूपमा उचित छ कि छैन भन्ने विषयमा जवाफ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्नुको आधार र कारणसहित उपस्थित हुन नेपाल सरकार, लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको छ। अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।

आनी छोइङको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको थियो।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेसँगै नियुक्तिको कानुनी आधार र योग्यतासम्बन्धी विवाद अब न्यायिक छलफलको विषय बनेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ४६ बजे

Your email address will not be published.

सर्वोच्चले सरकारसँग आनी छोइङलाई लुम्बिनी विकास कोषमा नियुक्त गर्नुको जवाफ माग्यो

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ

सर्वोच्चद्वारा आनीलाई लुम्बिनी विकास कोषमा नियुक्त गर्नुको जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर

हिमताल जोखिमबाट जोगाउन ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’

काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी