काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहे पनि तराईका विभिन्न क्षेत्रमा हुस्सु तथा तुवाँलो लागेको छ ।
महाशाखाले जारी गरेको मौसम विवरणअनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा बिहान हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि बिहान काठमाडौं उपत्यका तथा विभिन्न खोँच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
















प्रतिक्रिया