१० मंसिर २०८३, बिहिबार | November 26, 2026

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा



रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ । विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा-२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो ।

मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्रामार्फत प्रत्येक पाइलालाई ध्यानसँग जोड्दै मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराइने बताए । उनले चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न तथा विचारको चञ्चलता कम गर्न सहयोग पुग्ने धारणा राखे ।

करिब २२० किलोमिटर दूरीको पदयात्रामा नौमहिने ध्यान शिविरमा सहभागी २५ जनासहित ३६ जना साधकसाधिका सहभागी छन् । यो अभियानको दोस्रो संस्करण हो । यसअघि पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटर पदयात्रा गरिएको थियो ।

पदयात्राका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डा योगी विकासानन्दलाई कर्णेल उजिरसिंहको तस्बिरसहित सम्मान गरे । योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गरेका थिए । पदयात्रा टोलीले लुम्बिनी पुगेर कार्यक्रमको समापन हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ८ : ३१ बजे

Your email address will not be published.

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित

नेपाल-भारत सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका-२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

म्याग्दी । चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको

तराईका अधिकांश स्थानमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव