११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

चट्टोग्राममा नेपाल-बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास



काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ ।

बङ्गलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार साँझ आयोजित ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्यः व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले दुई देशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए ।

उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई आर्थिक साझेदारीका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ९ : ५६ बजे

Your email address will not be published.

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस

चट्टोग्राममा नेपाल-बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौं । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

भोजपुर । खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा