११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ ।

प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो ।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि त्यस क्षेत्रका उपभोक्ताबाट स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग हुँदै आएको थियो ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय ग्रिडमा आबद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत जडानका लागि जुनसुकै समयमा पनि बुर्तिवाङ नो लाइटमार्फत आवेदन फाराम भरी सेवा लिन सक्ने बताए ।

बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्न बाँकी रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको प्रमुख मरासेनीले बताए ।

उनका अनुसार अब ठेक्का प्रक्रिया अगाडि बढाई विद्युतीकरणको काम सुरु गरिनेछ । निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १० : ४८ बजे

Your email address will not be published.

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह

पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस

चट्टोग्राममा नेपाल-बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा